MAILI UDAUCHHU | Abun Pandey & Tika Dahal Ft. Parbati Rai

मोडल पार्वती राईको मायाले गाउँमा यस्तो हल्ला चलेपछि 

गायक अबुन पाण्डेका ३ दिदी बहिनी सार्वजनिक गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका गायक पाण्डेले गायिका टिका दाहालसँग गाएको ‘तीन दिदी बहिनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गायिका दाहालको लय र गायक पाण्डेको शब्द संयोजन रहेको उक्त गीतमा पवन लामाले सगीत संयोजन गरेका छन् ।

बब्बु थापाले निर्देशन गरेको भिडियोमा मोडल पार्वती राइलाई सुनिल, सुमन र लक्कीले साथ दिएका छन् । भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने प्रविन भट्टको सम्पादन रहेको छ । ३ दिदी बहिनीको पछि लाग्ने ३ यूवाको रोचक कथालाई भिडियोमा देखाइएको छ ।

 

 

Leave a Reply

More Videos View All